English Date:
नेपाली समय लोड गर्दै...
aawajnews@gmail.com
पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा नल्याउन एमालेको निर्देशन
Admin
प्रकाशित:
२०८२ श्रावण १३

नेकपा एमालेले केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार मातहतका सबै पार्टी संरचनालाई अन्तरपार्टी निर्देशन (अपानि) पठाएको छ। निर्देशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नल्याउन स्पष्ट रूपमा आग्रह गरिएको छ।

पार्टीले पूर्वराष्ट्रपतिलाई "सिङ्गै राष्ट्रको नेता" भन्दै उनलाई पार्टी कार्यकर्ता बनाउनु नहुने उल्लेख गरेको छ। अपानिमा भनिएको छ, “पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रको गौरवका रूपमा सम्मानित भएर बस्नुपर्छ। उहाँ राष्ट्रको गहना हुनुहुन्छ र हाम्रो पनि गहना हो।”

पार्टीका अनुसार भण्डारीको सदस्यता नवीकरणसम्बन्धी प्रक्रिया नमिलेको बताइएको छ। नवौं केन्द्रीय कमिटी बैठकले यस विषयमा स्पष्ट निर्णय गरिसकेको हुँदा अब कुनै प्रकारको विवाद वा छलफल नगरिन अनुरोध गरिएको छ।

पछिल्लो समय भण्डारीको नाम जोडेर पार्टी एकतामा नकारात्मक प्रभाव पर्ने बहसहरू उठिरहेका बेला यो निर्देशन आएको हो। अपानिमा भनिएको छ, “पूर्वराष्ट्रपतिको गौरव, प्रतिष्ठा र सम्मानमा आँच आउने गरी कसैले पनि अब थप बहस गर्नु हुँदैन।”