English Date:
नेपाली समय लोड गर्दै...
aawajnews@gmail.com
गाजामा सहायताको पर्खाइमा रहेका नागरिकमाथि इजरायली आक्रमण, १० को मृत्यु
Admin
प्रकाशित:
२०८२ श्रावण २५

गाजा – गाजामा इजरायली आक्रमणका क्रममा सहायताको लागि पर्खिरहेका सर्वसाधारणसहित कम्तीमा १० जनाको मृत्यु भएको छ। गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका नागरिकलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरेको हो।

घटनामा कम्तीमा ३० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। सहायता केन्द्रहरूमा दैनिक हजारौं नागरिक खाना र राहत सामग्रीको खोजीमा भेला हुने गरेका छन्।

पछिल्लो समय गाजामा सहायताको पर्खाइमा रहेका नागरिकहरूलाई लक्षित आक्रमणका घटनाहरू बढिरहेका छन्, जसका कारण निरन्तरजसो निर्दोष मानिसहरूले ज्यान गुमाइरहेका छन्।