रसुवामा वर्षा, बाढी र पहिरोका कारण भएको क्षतिबाट प्रारम्भिक बीमा दाबी ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार साउन २२ गतेसम्म कुल ७८ वटा बीमा दाबी दर्ता भएका छन्।
गएको असार २३ गते लेहेन्दे खोलामा आएको बाढीका कारण नेपाल–चीन सीमामा रहेको मितेरी पुल र भन्सार यार्डमा पार्किङ गरिएका गाडी बगाएको थियो। यस्तै, रसुवागढी हाइड्रोपावरलगायतका संरचनामा पनि ठूलो क्षति पुगेको थियो।
बीमा दाबीमध्ये सम्पत्ति बीमा ६ वटा, सामुद्रिक बीमा ९ वटा, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ५ वटा, निजी मोटर बीमा १६ वटा र सार्वजनिक मोटर बीमा ४२ वटा रहेका छन्।